जेठ ०७, २०८१, सोमबार
               

मनमैजुमा जुवा खेल्दै गरेका साेह्र जना प्रहरी नियन्त्रणमा

नेपाल फ्ल्यास
फागुन ०२, २०७६

ADVERTISEMENT

बालाजु प्रहरीले काठमाडौंको मनमैजुबाट ६ लाख २५ हजार रुपैयाँसहित जुवा खेल्दै गरेका १६ जनालाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले शुक्रबार अपराह्न पाँच बजे नगदसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

तार्केश्वर नगरपालिका–९ शुभकामना चोकस्थित दिनेश पन्तको कोठामा अवैध जुवा सञ्चालन हुने गोप्य सूचनाको आधारमा ती १६जनालाई शुक्रबार नियन्त्रणमा लिइएको बालाजुका डीएसपी रन्जित सिंह राठौरले बताए । 


कस्तो लाग्यो ?

यो पनि