जेठ ०७, २०८१, सोमबार
               

घुसबापतकाे पैसा लिएर भाग्दै गर्दा समातिए इन्जिनिएर र उनका ड्राइभर

नेपाल फ्ल्यास
फागुन ०२, २०७६

ADVERTISEMENT

नेपाल विद्युत प्रधिकरण वितरण केन्द्र सिन्धुलीका सहायक प्रबन्धक इन्जिनियर शेरबहादुर सुनार घुससहित पक्राउ परेका छन् ।

कार्यालय भवनको कामा सकिएपछिकाे अन्तिम बिल भुक्तानीका क्रममा सेवाग्राहीसँग ७५ हजार नगद घुस लिइसकेको अवस्थामा उनी समातिएका अख्तियार कार्यालयले जनाएकाे छ । 

आयोगका अनुसार इन्जिनियर सुनारले घुसबापतकाे रकम ड्राइभर टेकबहादुर खडकालाई लिन पठाएका थिए । उक्त घुस रकम लिएर खड्का भाग्दै गरेको अवस्थामा अख्तियार बर्दिबासबाट गएकाे टाेलीले उनलाई समातेकाे हाे । अख्तियारकाे टाेलीले उनलाई कमलामाई नगरपालिका-७ गैरी चौकबाट पक्राउ गरेकाे थियाे । 

इन्जिनियर सुनारलाई भने उनकै कार्यालयबाट पक्राउ गरिएको कोइरालाले बताए ।


 


कस्तो लाग्यो ?

यो पनि