जेठ ०७, २०८१, सोमबार
               

बाेलेरकाे ठक्करबाट बनेपामा ड्युटीमै रहेका असईकाे मृत्यु

नेपाल फ्ल्यास
फागुन ०२, २०७६

ADVERTISEMENT

बोलेरोको ठक्करबाट ड्युटीमा रहेका असईको मृत्यु

बाेलेराेकाे ठक्करबाट ड्युटीमै रहेका असईकाे मृत्यु भएकाे छ ।

शुक्रबार काभ्रे बनेपा नगरपालिका १३ साँगा प्रहरी चौकीकाअसई तेजबहादुर गुरुङलाई ड्युटीमै रहेको बेला बोलेरोले ठक्कर दिएको थियो । 

ठक्करबाट गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा अस्पताल लैजाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए । 

उनका अनुसार साँगा प्रहरी चौकी अगाडी अरनिको राजमार्ग पार गर्ने क्रममा काठमाडौतर्फबाट बनेपातर्फ आउँदै गरेको बा १९ च १३२३ नम्बरको पिकअप बोलेरोले ठक्कर दिएको हो । 

बोलेरोको ठक्करबाट सडकमै ढली गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि धुलिखेल अस्पताल लाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतक गुरुङको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय बनेपाले जानकारी दिएको छ । ठक्कर दिने बोलेरो र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

मृतक गुरुङ संघीय प्रहरी गुल्म बाग्मतीमा दरबन्दी रही हाल साँगा प्रहरी चौकीमा इन्चार्जको रुपमा काम गर्दै आएका थिए ।


कस्तो लाग्यो ?

यो पनि