जेठ ०६, २०८१, आइतबार
               

भ्यालेन्टाइन डेकाे अघिल्लाे साँझ युवतीद्वारा झुण्डिएर आत्महत्या

नेपाल फ्ल्यास
फागुन ०२, २०७६

ADVERTISEMENT

प्रणय दिवसको अघिल्लो दिन युवतीले गरिन् आत्महत्या

काभ्रे बनेपामा लिभिङ टुगेदरमा रहेकी युवतीले प्रेम दिवसको अघिल्लो साँझ बिहीबार आत्महत्या गरेकी छन् । 

सँगै बस्ने उनको पार्टनरले झुण्डिएको अवस्थामा भेटेपछि उपचारका लागि अस्पतालमा लाने क्रममा युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

युवकले अस्पतालमा पुर्याएको र अस्पतालले मृत घोषित गरेपछि उनले प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताए । 

रोशी गाउँपालिका ८ मंगलटार घर भई बनेपा नगरपालिका ११ सिनागालमा डेरा गरी बस्दै आएकी १९ वर्षीया युवती रञ्जिता तामाङले आफ्नै डेराको झ्यालमा सुइटरले पासो लगाई झुण्डिएकी हुन् । 
झुण्डिरहेको अवस्थामा देखेपछि उनका पार्टनर युवक रोशी गाउँपालिका ५ घर भएका २२ वर्षीय तीर्थमान लामाले अस्पताल पुर्याएकाे बयान दिएको तिमल्सिनाले जानकारी दिए । 

युवतीको बाबु नभएको र आमा वैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ । विवाह गर्ने सर्तमा आफूहरु सँगसँगै बस्दै आएको युवकले प्रहरीलाई जनाएका छन् । आफू भिनाजुको घरमा गएर बेलुकी ९ बजेतिर फर्कंदा झुण्डिएको अवस्थामा भेटिएको युवकले प्रहरीलाई बयान दिएका छन् । 

प्रहरीले मृत अवस्थामा रहेकी युवतीको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ । युवतीको मृत्युका बारेमा तीर्थमानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले बताएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि