जेठ ०७, २०८१, सोमबार
               

वडाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

नेपाल फ्ल्यास
फागुन ०२, २०७६

ADVERTISEMENT

अख्तियारले खानेपानी उपभोक्ता समितिको अध्यक्षसमेत आफै बसी कीर्ते कागजपत्र बनाई रकम हिनामिना गरेको आरोपमा सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका वडा नं ६ का वडाध्यक्ष कैलाश थापालगायत ६ जनाविरुद्ध विशेय अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । 

वडाध्यक्ष थापाले मायाखोला खानेपानी मुहानलाई पैसा र पाइप खरिद गरेको खर्च देखाई ६ लाख रुपैयाँ हिनामिना गरेको आयोगले आरोप लगाएको छ । 

सोही घटनामा संलग्न उक्त गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिृकत निरन्जन पाख्रिन, तत्कालीन लेखापाल सुरेन्द्रबहादुर तितजुका, तत्कालीन असिस्टेन्ट सब–इन्जिनियर लिलबहादुर पाण्डे, सोही गाउँपालिकाको वडा नं ५ का बाबुलाल जोशी र दलबहादुर श्रेष्ठविरुद्ध पनि आरोपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार काेइरालाले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि