जेठ ०७, २०८१, सोमबार
               

क्वारेन्टाइन राख्ने विषयमा नगरकोटमा स्थानीयवासी र प्रहरीबीच झडप

नेपाल फ्ल्यास
फागुन ०२, २०७६

ADVERTISEMENT

नेपालीको उद्धारका लागि चीन जाने टोलीका चालक र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राख्ने विषयलाई लिएर नगरकोटमा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ।

सरकारले चीनको वुहानमा रहेको नेपालीको उद्धारका लागि जाने चालक दलका सदस्य र स्वास्थ्यकर्मीलाई चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोटस्थित राष्ट्रिय खानेपानी तथा सरसफाई प्रशिक्षक केन्द्रमा क्वारेन्टाइनमा राख्ने निर्णय गरेको थियो। सरकारको सो निर्णयको विरोधमा स्थानीयहरुले पाँच दिनयता प्रदर्शन गरिरहेका छन् । 

सडकमा भएको अवरोध हटाउने क्रममा झडप भएको हो। सरकारी टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि प्रहरीले लाठी चार्ज गरेको थियो। झडपमा दुवैतर्फ सामान्य घाइते भएको बताइएको छ।


कस्तो लाग्यो ?

यो पनि