जेठ ०७, २०८१, सोमबार
               

बनेपामा जिपको ठक्करबाट  प्रहरी सहायक निरीक्षकको मृत्यु

नेपाल फ्ल्यास
फागुन ०२, २०७६

ADVERTISEMENT

काभ्रेको बनेपामा जिपको ठक्करबाट  प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ । शुक्रबार दिउँसो ठक्कर दिँदा प्रहरी चौकी साँगामा कार्यरत प्रहरी सहायक निरीक्षक तेजबहादुर गुरुङको मृत्यु भएको हो । बनेपा नगरपालिका १३ स्थित सडकमा बा.१९ च १३२३ नम्बरको जिपले तेजबाहदुरलाई ठक्कर दिएको थियो ।
जिप भक्तपुरबाट पाँचखालतर्फ जाँदै गरेको थियो । ठक्करबाट गम्भीर घाइते भएका सहायक निरिक्षक तेजबाहदुरको  धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले काभ्रे जनाएको छ । जिप चालक  प्रहरी नियन्त्रणमा छन् । नवलपरासी घर भएका २४ वर्षका असई गुरुङ चार वर्षदेखि काभ्रेमा कार्यरत थिए ।
 


कस्तो लाग्यो ?

यो पनि