जेठ ०७, २०८१, सोमबार
               

प्रहरी जवानले आफैंलाई गोली हानेपछि...

नेपाल फ्ल्यास
फागुन ०२, २०७६

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय (जिप्रका) सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन् । 

महोत्तरी घर भई जिप्रकामा कार्यरत प्रहरी जवान चन्द्रकिशोर रायले आज आफैँलाई पेटमा गोली हानि गम्भीर घाइते भएको प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिइन् ।  

घाइते रायको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ।  

रायको पेटमा गोली लागेको र सिन्धुलीमा उपचार सम्भव नभएपछि एम्बुलेन्समार्फत थप उपचारको लागि काठमाडौं पठाइएको हो ।

गोली हान्नुको कारण खुल्न नसकेको र आवश्यक अनुसन्धान शुरु भएको प्रहरीले जानकारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि