जेठ ०७, २०८१, सोमबार
               

जस्तोसुकै सुरक्षा चुनौती समाधान गर्न प्रहरी सक्षम हुनुपर्छ : महानिरीक्षक ज्ञवाली

नेपाल फ्ल्यास
फागुन ०१, २०७६

ADVERTISEMENT

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले जस्तोसुकै सुरक्षा चुनौती सामना गर्न नेपाल प्रहरी सक्षम हुनुपर्ने बताएका छन् । 

प्रहरी प्रधान कार्यालयबाट आज भिडियो कन्फे्रन्सद्वारा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखलाई निर्देशन दिँदै उनले नागरिकको सुरक्षा र समाजमा शान्ति स्थापनामा कुनै सम्झौता गर्न नहुनेमा जोड दिए । 

प्रहरी महानिरीक्षक ज्ञवालीले चुनौती समाधान गर्न उच्च सतर्कताका साथ परिचालन गरी आक्रामक रूपमा प्रस्तुत हुन प्रदेश प्रमुखलाई निर्देशन दिए ।  आवश्यकताअनुसार प्रदेश सरकार, सम्बन्धित निकाय, स्थानीय तह, स्थानीय प्रशासनसँग समन्वय गरी उच्च प्रतिफल आउने गरी काम गर्नुपर्ने उनले बताए । 

कुनै पनि घटना, दुर्घटना भएमा तत्काल आवश्यकताअनुसार प्रहरी परिचालन गरी विधि तथा प्रक्रियासम्मत कानुनी कारवाही अगाडि बढाउन उनले सबै प्रदेशका प्रहरी प्रमुखलाई निर्देशनसमेत दिए । साथै उनले आआफ्नो प्रदेशको सुरक्षा चुनौतीको पहिचान गरी उच्च रणनीतिका साथ लाग्नु पनि निर्देशन दिए । 

प्रहरी कारवाहीको क्रममा मानवअधिकारको संरक्षण गर्नुपर्नेमा ध्यानाकर्षण गराउँदै उनले हिंसाजन्य क्रियाकलापमा प्रहरीको संलग्नता क्षम्य नहुने बताए ।  ।


कस्तो लाग्यो ?

यो पनि