जेठ ०७, २०८१, सोमबार
               

तीन महिनादेखि बन्द महेन्द्र रत्‍न क्याम्पसको ताला आज खुल्यो

नेपाल फ्ल्यास
फागुन ०१, २०७६

ADVERTISEMENT

इलाम : महेन्द्र रत्न बहुमुखी क्याम्पसमा लागेकाे ताला तीन महिनापछि खुलेकाे छ । अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियू)ले लगाएको ताला बिहीबार खुलेकाे हाे । क्याम्पस प्रशासनले विद्यार्थीका आंशिक माग पूरा गर्ने  भएपछि अनेरास्ववियूले खोलेकाे हाे । 

अनेरास्ववियु क्याम्पस कमिटि अध्यक्ष दर्शन राई र अखिल क्रान्तिकारीका सचिव महिमा गौतमले विज्ञप्ति जारी गरेर क्यामपसमा लगाएको ताला खोलेको जानाएका छन् । 

१८ बुँदे माग राख्दै विद्यार्थीले मंसिर २ गतेदेखि ताला लगाएका थिए । लामो समय तनावमा रहेको क्याम्पस खुलेपछि शैक्षिक वातावरण सहज हुने विद्यार्थीले अपेक्षा गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि