जेठ ०७, २०८१, सोमबार
               

पूर्वसचिव पत्नी हत्याकाण्ड : यथार्थ खोज्दै प्रहरी

नेपाल फ्ल्यास
फागुन ०१, २०७६

ADVERTISEMENT

काठमाडौँ । पूर्व सचिव अर्जुन कार्कीले माघ २७ गते बिहान नसोचेको पीडा भोग्नु पर्‍यो । श्रीमती मुना कार्कीको हत्या र घरमा काम गर्ने कामदारको आत्महत्याबारे नत कार्कीले सोच्न सक्थे नत अरूले नै यसबारे आशङ्का गर्न सक्थे ।

यी दुवै घट्ना उनले सोचेको भन्दा फरक भयो । घरमा आउँदा कामदारको आत्महत्या र श्रीमतीको हत्याले उनलाई मर्माहत त बनायो नै तर यो किन र कसरी भयो भन्ने प्रश्नको जवाफ नत उनीसँग यसको जवाफ छ नत प्रहरी अनुसन्धानले केही खुलाएको छ । महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी अपराध महाशाखाको ललितपुर शाखाले यो घट्नाको सुक्ष्म अनुसन्धान गरिरहेका छन् । 

पछिल्लो प्रहरी र पोस्टमार्टम रिपोर्टले मुनाको हत्या र कामदार विजय चौधरीको आत्महत्या भन्ने पुष्टि भैसकेको छ । प्रहरी अनुसन्धानले घरमा रहेको सिसी टिभी फुटेजमा देखिएको दृश्यले पनि मुनाको हत्या विजयले नै गरेको हुनसक्ने आशङ्का बलियो बनाएको छ ।

विजयले मुनाको हत्यापछि आत्महत्या गरेको प्रहरीले नकार्न सकेको छैन । सो घटनाबारे अनेक तर्क र अनुमान गर्न थालिएको छ । मङ्गलवार र बुधवार दुवै परिवारका आफन्तले सत्यतथ्य छानबिन गर्न भन्दै प्रहरीमा जाहेरी दिएका छन् ।

ललितपुर प्रहरीका प्रहरी उपरीक्षक (एसपी) दुर्गासिंह चन्दका अनुसार दुवै परिवारका तर्फबाट अनुसन्धानका लागि जाहेरी दिएका हुन् ।  एसपी चन्दका अनुसन्धानका क्रममा रहेका  रिपोर्ट तयार पार्न केही दिन लाग्नेछ ।

श्रीमतीको हत्याबारे अनुसन्धान गर्न कार्की आफैले जाहेरी दिएका छन् भने छोराले हत्यापछि आत्महत्या गरेको भन्ने सुनेपछि विजयका परिवारका तर्फबाट उनका बुबा जानकी चौधरीले महानगरीय प्रहरी परिसर ललितपुरमा जाहेरी दिएका थिए । जाहेरीमा घटनाको अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गरिएको प्रहरीले बताएको छ । 

आफ्नै घरको भान्सा कोठामा बिहान अचेत अवस्थामा भेटिएकी मुनाको उपचारका क्रममा स्टार अस्पतालमा मृत्यु भएको थियो । प्रहरीले थप अनुसन्धानका लागि उनीहरूको मोबाइल र घटनास्थलमा भेटिएका प्रमाण सुरक्षित राखेको छ ।

चौधरी १३ वर्षको उमेरदेखि सोही घरमा कामदारका रूपमा बसेका थिए । उनी घरभित्रको काम गर्थेँ । पछिल्लोपटक चौधरीले गाडी चलाउन सिक्दै थिए । सो दिन घरमा मुना र विजयमात्रै थिए । कार्की भने पशुपति दर्शनका लागि गएका थिए । छोरालाई पनि स्कुल पठाइएको थियो । प्रहरीले मुना र विजय दुवैको मोबाइल फरेन्सिक ल्याबमा पठाएको छ । उनीहरूको कल डिटेल पनि हेर्न थालिएको छ ।

२२ वर्षका विजय लक्का जवान भएकाले मुनालाई गिद्धे दृष्टि लगाएका थिए त ? अनुसन्धानमा संलग्न प्रहरीका अनुसार मानिसमा कहिलेकाहीँ त्यस्तो भावना पनि आउन सक्छ । विजयले आत्महत्या गरेका कारण त्यसलाई नकार्न सकिँदैन । 

अनुसन्धानमा संलग्न अधिकारीले भने- ‘हामीले धेरै कोणबाट यो घट्नालाई अनुसन्धान गरिरहेका छौँ, विजय र उनको स्वभाव, असन्तुष्टि जस्ता विषयलाई पनि अनुसन्धानको पाटो बनाइएको छ साथै कार्की सरले घर परिवारलाई दिने समयको विषयलाई अनुसन्धानमा समेट्ने छौँ तर यसै भन्ने अवस्थामा छैनौ ।’

उनका अनुसार अहिलेसम्म घर परिवारका अन्य सदस्य र छिमेकीहरूसँगको सोधपुछ सकिएको छ । फरेन्सिक ल्याबबाट मोबाइल टेस्टको रिपोर्ट आउन बाँकी छ । तत्काल कार्की शोकमा भएकाले उनीसँगको सोधपुछलाई भने रोकिएको छ ।

विजयको भने प्रहरीले सङ्कलन गरेको सबुद प्रमाणका आधारमा हत्यापछि आत्महत्या मात्रै भन्नसक्ने अवस्थामा छ । अनेकन आशङ्कालाई प्रहरीले तत्काललाई इन्कार गरे पनि अनुसन्धानको पाटो भने खुला गरेको जनाएको छ । महानगरीय प्रहरी अपराध महाशाखा स्रोतका अनुसार विजयको भित्री वस्त्रमा भेटिएको वीर्य र रगतको टाटोलाई पनि फरेन्सिक ल्याबमा पठाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि