जेठ ०७, २०८१, सोमबार
               

घुस रकमसहित २ जना पक्राउ

नेपाल फ्ल्यास
फागुन ०१, २०७६

ADVERTISEMENT

काठमाडौैंं । अख्तियारले डिभिजन वन कार्यालय नवलपरासीमा कार्यरत दुईजना कर्माचारीलाई घुससहित पक्राउ गरेकाे छ ।

अख्तियार दुरुपयाेग अनुसन्धान आयोगकाे कार्यालय बुटबलबाट खटिएका टोलीले डिभिजन बन कार्यालय नवलपरासीका  सहायक बन अधिकृत कृष्णबहादुर देवकोटा र  कार्यालय सहयोगी प्रमोदकुमार तेलीलाई नगद २० हजार घुससहित पक्राउ गरेकाे हाे । 

उनीहरूले टेण्डरको काठ उठाएबापत सेवाग्राहीसँग पटक-पटक घुस मागेकाे उजुरीकाे आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले नियन्त्रणमा लिएकाे अख्तियार दुरुरपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार काेइरालाले जनाए। 

घुस रकमसहित कावासोती नगरपालिका वडा नं. ८ स्थित डिभिजन वन कार्यालयबाट दुवैजनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि