जेठ ०६, २०८१, आइतबार
               

सडक दुर्घटनामा नायिका महिमाको मृत्यु

नेपाल फ्ल्यास
फागुन ०१, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाली नायिका तथा अभिनेत्री महिमा सिलवालको मृत्यु भएको छ । 

धादिङको गजुरीमा भएको सवारी दुर्घटनामा महिमाको मृत्यु भएको हो ।

उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बुधबार साँझ उनी चढेको बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई विपरित दिशाबाट आइरहेको लु २ ख १३५ नम्बरको बसले ठक्कर दिएको थियो ।

काठमाडौंबाट चितवन घर जाँदै गरेकी महिमासँगै उनकी बहिनी सर्मिला सिलवाल पनि स्कुटरमा थिइन् ।

बसको ठक्करबाट घाइते सर्मिलाको उपचारको लागि काठमाडौं ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले बताएको छ ।

भरतपुर महानगरपालिका–१२ शिवनगरकी महिमाले कारबाही नामक चलचित्रबाट नेपाली फिल्म उद्योगमा डेब्यू गरेकी थिइन् । 

उनले अप्रिल फुल, चियर्स, दानव, जिग्लोलगायत चलचित्रमा समेत काम गरेकी छिन् ।

साथै उनले थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन् ।


कस्तो लाग्यो ?

यो पनि