जेठ ०६, २०८१, आइतबार
               

जसले श्रीमानकै अगाडि बलात्कार गरे

नेपाल फ्ल्यास
फागुन ०१, २०७६

ADVERTISEMENT

राजविराज । श्रीमानकै अगाडि बलात्कार गरेर फरार भएका एक व्यक्ति १२ बर्षपछि पक्राउ परेका छन् ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ११ इनरुवाका ५० वर्षीय हरिनारायण यादव बुधबार पक्राउ परेका हुन् । 

घटनामा संलग्न सोही स्थानका अर्का व्यक्ति खटर यादवको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सुनसरीको इनरुवामा मजदुरी गरेर दसैं मनाउन २०६४ असोज २९ गते राति हनुमाननगर हुँदै घर फर्किरहेका बेला यादवद्वयले दम्पतीमाथि आक्रमण गरेका थिए। 

दुवैजनाले पतिलाई नियन्त्रणमा लिएर पत्नीलाई बलात्कार गरेका थिए । उनीहरुले दम्पतीको साथमा रहेको १० हजार रुपैयाँ समेत लुटेर फरार भएका थिए ।

पीडितले २०६४ असोज ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । 

पीडित दम्पतीले ढिलै भए पनि न्याय पाउने प्रतिक्रिया दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि