बैशाख २६, २०८१, बुधबार
               

वडासदस्यको निधन

नेपाल फ्ल्यास
माघ २९, २०७६

ADVERTISEMENT

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–२ का वडासदस्य खिरबहादुर चेपाङको निधन भएको छ । 

मङ्गलबार राति १०ः३० बजे उपचारका क्रममा  भरतपुर अस्पतलमा उहाँको निधन भएको हो ।  

यही माघ २२ गते गाउँपालिका कार्यालय आउनुभएका उहाँ अचानक टाउको दुखेपछि दारेचोक स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षण गर्न जानुभएको थियो ।

उहाँले लगातार वान्ता गर्न थालेपछि सोही दिन तत्काल गाउँपालिकाको  एम्बुलेन्समार्फत भरतपुर अस्पताल पु¥याइएको थियो । 

अचेत अवस्थामा अस्पताल पुर्याइएका चेपाङको भरतपुर अस्पतालको सघन कक्षामा उपचारकै क्रममा निधन भएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो । 

वडासदस्य निधनको शोकमा गाउँपालिका मातहतका सबै  कार्यालयमा आज सार्वजनिक बिदा गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

चेपाङ तत्कालीन नेकपा एमालेबाट वडासदस्यमा निर्वाचित हुनुभएको थियो । 

उहाँको आज देवघाटमा अन्त्येष्टिको तयारी भइरहेको छ ।  


कस्तो लाग्यो ?

यो पनि