बैशाख २६, २०८१, बुधबार
               

मनकामना दर्शनद्वारा गोरखाको पुनर्निर्माणका लागि १० लाख सहयोग

नेपाल फ्ल्यास
माघ २९, २०७६

ADVERTISEMENT

गोरखा नगरपालिका–६ स्थित तीनधारेमा पुननिर्माण भइरहेको त्रिभुवन पुस्तकालयका लागि मनकामना दर्शन प्रा.लि. ले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । नेपालको पहिलो केबलकार सञ्चालक राजुबाबु श्रेष्ठ, रोशनबाबु श्रेष्ठ र राजेशबाबु श्रेष्ठले  प्रेस विज्ञप्ति जारी गर्दै आफ्मा स्वर्गीय बुबा लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा पुस्तकालयका लागि सहयोग गरेका हुन् ।

त्रिभुवन पुस्तकालय २००८ सालमा लक्ष्मणबाबु श्रेष्ठको सक्रियतामा जिल्लामै पहिलोपटक स्थापना भएको पुस्तकालय हो । पुस्तकालयको भवन संरक्षणविहीन रहेकै अवस्थामा गोरखा भूकम्पले थप क्षति पुगेको थियो ।
भूकम्पपछि स्थानीय बासिन्दा र गोरखा नगरपालिकाको पहलमा अहिले पुरानो भवन भत्काएर सोही ठाँउमा नयाँ भवन निर्माण कार्य भइरहेको छ । भवन दुईतलाको ढलान सम्पन्न भइसकेको छ ।
गोरखामा जन्मिएर राष्ट्रियस्तरमा महत्वपूर्ण योगदान पु¥याउने लक्ष्मणबाबु श्रेष्ठको नाममा भवनको भुइँतलाको हल नामाकरण गर्ने निर्णय भएको पुस्तकालय पुनर्निर्माण समितिले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि