बैशाख २७, २०८१, बिहीबार
               

आइजीपी ज्ञवालीले लगाए फूली

नेपाल फ्ल्यास
माघ २९, २०७६

ठाकुर ज्ञवालीलाई आइजीपीको दर्ज्यानी चिन्ह लगाइदिँदै गृहसचिव महेश्वर न्यौपाने
ADVERTISEMENT

मंगलबार नेपाल प्रहरीको महानिरिक्षक आइजीपीमा नियुक्त भएका ठाकुर ज्ञवालीले दर्ज्यानी चिन्ह पाएका छन् ।

बुधबार विहान गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा नवनियुक्त ज्ञवालीलाई गृहसचिव महेश्वर न्यौपानेले आइजीपीको दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । ज्ञवाली  नेपाल प्रहरीको २७ औं महानिरीक्षक हुन् । 

उनलाई बुधबारको मन्त्रीपरिषद बैठकले प्रहरी नायव महानिरीक्षक डिआइजीबाट आइजीपीमा बढुवा गरेको हो । उनी यसअघि प्रदेश १ प्रहरी प्रमुख थिए ।

आइजीपी सर्वेन्द्र खनालले मंगलबारबाटै ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि उनको स्थानमा ज्ञवालीलाई बढुवा गरिएको हो ।


कस्तो लाग्यो ?

यो पनि