बैशाख २७, २०८१, बिहीबार
               

कछुवा बेच्ने पक्राउ

नेपाल फ्ल्यास
माघ २९, २०७६

ADVERTISEMENT

कछुवाका बच्चा बिक्री गर्दै हिँड्ने एक व्यक्तिलाई ललितपुरबाट प्रहरीले पक्राउ गरेको छ । ललितपुर जिल्लाको विभिन्न ठाउँमा डेविट महर्जनसमेतले दुर्लभ वन्यजन्तु कछुवाको अवैधरूपमा ओसारपसार गरी बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध नियन्त्रण महाशाखा टेकुबाट खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई कछुवासहित पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाका अनुसार पक्राउ पर्नेमा ललितपुर हरिसिद्धीका डेबिट महर्जन छन् । उनलाई ललितपुरको पुल्चोकस्थित लाबिम मल नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उहाँका अनुसार महर्जनले रु १२ लाखमा कछुवा कारोबार गर्न खोजेको खुल्न आएको छ । 

उनको झोला खानतलासी गर्दा ३४ कछुवाका बच्चा फेला परेको महाशाखाले जनाएको छ । उनलाई आवश्यक कारबाही अघि बढाइएको्  प्रहरीले जनाएको छ ।
–––


कस्तो लाग्यो ?

यो पनि