बैशाख २७, २०८१, बिहीबार
               

प्रेस युनियन काठमाडौँको अध्यक्षमा जगन्नाथ दुलाल

नेपाल फ्ल्यास
माघ २९, २०७६

ADVERTISEMENT

नेपाल प्रेस युनियन काठमाडौँ शाखाको अध्यक्षमा जगन्नाथ दुलाल निर्वाचित भएका छन् । युनियनको मङ्गलबार सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट दुलालको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो ।

अध्यक्षका अर्का उम्मेदवार महेश्वर गौतमलाई ९२ मतान्तरले हराउँदै दुलाल निर्वाचित भएका हुन् । दुलालले २८५ मत र उनका निकटतम प्रतिद्वन्द्वी गौतमले १९३ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत प्रकाश रावलले जानकारी दिए ।

कूल ८४३ सदस्य रहेको काठमाडौँ शाखामा अध्यक्ष पदकाे निर्वाचन हुँदा ४७७ मत खसेको थियो । शाखाको उपाध्यक्ष खुलामा अच्युत रेग्मी, समावेशी उपाध्यक्षमा टुकामाया भण्डारी, सचिवमा अक्कलबहादुर कुँवर, सहसचिवमा सञ्चिता खनाल र कोषाध्यक्षमा निरास तामाङ निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यमा मनोज भण्डारी, निर्मल धिताल, रोशन सापकोटा, नवराज भट्ट, प्रवीण श्रेष्ठ, घनश्याम श्रेष्ठ, लोकेन्द्र भट्ट र राधा ढुङ्गाना निर्वाचित भएक छन् । नवनिर्वाचित अध्यक्ष दुलालले लोकतन्त्रवादी पत्रकारलाई एकजुट बनाई श्रमजीवी पत्रकारको पक्षमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे । 


कस्तो लाग्यो ?

यो पनि