जेठ ०७, २०८१, सोमबार
               

कार्यकाल उपलब्धिपूर्ण : सर्वेन्द्र खनाल

नेपाल फ्ल्यास
माघ २८, २०७६

ADVERTISEMENT

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफ्नो कार्यकाल उपलब्धिपूर्ण भएको बताएका छन् ।

प्रहरी महानिरीक्षक खनालले आफ्नो ३० वर्षे सेवा अवधिमा प्रहरी कै शिर उँचो पार्ने प्रयास गरेको दाबी गरे । प्रहरी महानिरीक्षक खनाल ३० वर्षे सेवा अवधिका कारण आज अनिवार्य अवकाश पाएका छन् । अवकाश अघि उनले आन्तरिक शुद्धीकरणका कारण नेपाल प्रहरी सर्वोत्कृष्ट हुन सफल भएको बताए ।

प्रहरी प्रधान कार्यालय परिसरमा नवनिर्मित अडिटोरियम भवन उद्घाटन गर्दै खनालले कानुन कार्यान्वयन गर्ने क्रममा कसैको प्रभाव र दबाबमा नपरी जिम्मेवारी बहन गरेकाले उपलब्धि हासिल भएको प्रतिक्रिया दिए । 

आफ्नो कार्यकालमा सङ्गठनको सुधार एवं आन्तरिक सुदृढीकरणको लागि सदैव क्रियाशील रहेको जिकिर समेत उनले गरे । 

खनालले सेवापश्चात् पनि भ्रष्टाचार विरोधी कार्य तथा समाजको उन्नतिका लागि क्रियाशील हुने योजना सुनाए ।


कस्तो लाग्यो ?

यो पनि