जेठ ०५, २०८१, शनिबार
               

मन्त्रिपरिषद् बैठक आज बस्दै, को बन्ला आइजी ?

नेपाल फ्ल्यास
माघ २८, २०७६

ADVERTISEMENT

काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति लगायतका महत्त्वपूर्ण एजेन्डामा छलफल गर्न मङ्गलवार अपराह्न मन्त्रिपरिषद् बैठक बस्दै छ ।

बैठकका लागि दुई दर्जनभन्दा बढी एजेन्डा रहे पनि प्रमुख मुद्दा महानिरीक्षक नै हुने बताइएको छ । 

अपराह्न ३ बजे बालुवाटारमा बोलाइएको बैठकले महानिरीक्षकको टुङ्गो लगाउने दाबी एक मन्त्रीले गरेका छन् । सोमबारको बैठकले महानिरीक्षकबारे निर्णय लिन सकेको थिएन ।

काठमाडौँ । आइजिपी सर्वेन्द्र खनालले मङ्गलवारदेखि सेवा हदका कारण अवकाश पाउँदै छन् । उनीसँगै बहालवाला सबै एआइजीहरूको अवकाश पाउँदै छन् । त्यही कारण फेरि पनि डिआइजीमध्येबाट प्रहरी सङ्गठनको नयाँ नेतृत्व चयन हुनेछन् । 

जसमा ४७ सालका ब्याची ठाकुर ज्ञवाली र तारिणीप्रसाद लम्साल नयाँ आइजिपीका प्रमुख दाबेदार हुन् । साथै सूर्य उपाध्यायसमेत सो दौडमा छन् । 

मन्त्रिपरिषद् सोमबारको बैठकमा ज्ञवाली र लम्सालको मात्र नाम आएको थियो । ज्ञवाली र लम्सालमध्ये जो आइजिपी बने पनि उनीहरूको कार्यकाल असार महिनासम्म मात्र रहने छ । 


कस्तो लाग्यो ?

यो पनि