जेठ ०७, २०८१, सोमबार
               

शनिबार वुहान जाँदै निगमको जहाज

नेपाल फ्ल्यास
माघ २८, २०७६

ADVERTISEMENT

काठमाडौं । चीनमा रहेका नेपाली ल्याउन फागुन ३ गते (शनिबार) नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्यसतर्फ पठाइने भएको छ ।

एयरबस ३३०–२०० सिरिजको दुई सय ७४ सिटे जहाज चीनको वुहान पठाउने तय भएको हो ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाली नागरिक उद्धार गर्न आवश्यक सबै प्रक्रिया थाल्न परराष्ट्र, स्वास्थ्य, पर्यटन र रक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

परराष्ट्रले नेपालस्थित चिनियाँ दूतावासमार्फत चीन सरकारलाई आगामी १५ फेब्रुअरी ९३ फागुन०मा आफ्ना नागरिक उद्धार गर्न चाहेको जानकारी गराएको छ ।

चीनस्थित नेपाली दूतावासलाई पनि परराष्ट्रले आवश्यक तयारी गर्न निर्देशन दिएको छ ।

पर्यटन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई जहाज तयारी अवस्थामा राख्न निर्देशन दिइसकेको छ । -नयाँ पत्रिकाबाट


कस्तो लाग्यो ?

यो पनि