जेठ ०७, २०८१, सोमबार
               

पूर्वसचिवकी पत्नीको हत्या, भान्सामा कामदारको शव भेटियो

नेपाल फ्ल्यास
माघ २७, २०७६

ADVERTISEMENT

काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको ललितपुरको सानेपास्थित निवासमा हत्या भएको छ । उपचारका क्रममा स्टार अस्पतालमा उनको निधन भएको हो । उनका एक कामदार भने मृत अवस्थामा घर कै भान्छामा भेटिएका छन् ।

पूर्वसचिव कार्कीकी पत्नी भने अचेत अवस्थमा भेटिएको प्रहरीले जनाएको छ। पिर्काले हिर्काएर उनको हत्या गरिएको हुनसक्ने आश‌का प्रहरीको छ । यस्तै उनीहरुको घरमा काम गर्ने विजय चौधरी मृत अवस्थामा भेटिएका हुन् । उनले नै हत्यापछि आत्महत्या गरेको हुन सक्ने प्रहरीको भनाई छ ।

दाङका २२ वर्षे चौधरीको शव डोरी चुँडिएर लडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दाङ घर भएका २२ वर्षीय विजय चौधरी घरको बैठक कोठामा नाइलनको डोरी लगाएर मृत झुन्डिएको अवस्थामा फेला परेको हो ।  घटनास्थलमा पुगेको  प्रहरीले अहिले मुचुल्का तयार पारिरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


कस्तो लाग्यो ?

यो पनि