जेठ ०७, २०८१, सोमबार
               

अझै हटेन ढिके नुन खाने बानी

नेपाल फ्ल्यास
माघ २७, २०७६

ADVERTISEMENT

रुकुम (पूर्व) का विभिन्न ग्रामीण क्षेत्रमा अझै  ढिके नुनको प्रयोग हुने गरेको छ । बजारमा पाइने खुला नुनको प्रयोगले मानिसको स्वास्थ्यलाई असर गर्छ । साल्ट टे«डिङ कर्पोरसनद्वारा वितरित  आयोडिनयुक्त नुनले स्वास्थ्यलाई फाइदा पुग्ने भए पनि  जिल्लाका ग्रामीण क्षेत्रमा ढिके नुन प्रयोग गर्न छाडिएको छैन ।  

सिस्ने गाउँपालिका–१, २, ४, भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकाका अधिकांश गाउँमा सो नुन प्रयोग गर्नेको सङ्ख्या अझै नघटेको बताइएको छ ।
 पुथाउत्तरगङ्गा गाउँपालिकामा घोडाबाटै बोराका बोरा ढिके नुन ढुवानी हुने गरेको छ । 
सस्तो र सजिलो भएकाले आफूहरूले ढिके नुन प्रयोग गर्दै आएको भूमे गाउँपालिका–२ का सुजन घर्ती मगरले बताए । बजारमा आयोडिनयुक्त नुन पाइने गर्दछ  ढिके नुनभन्दा महङ्गो पर्ने र स्वादमा पनि फरक हुने भएकाले आयोडिनयुक्त नुनको प्रयोग नगरेको उनले जानकारी दिए । 

 ढिके नुनको प्रतिकिलो २० रुपैँया र  आयोडिनयुक्त नुन रु ३० पर्ने बताइएको छ ।  
‘आयोडिनयुक्त नुनको प्रयोग गर्नुपर्छ’ भन्ने चेतनाको अभावले ढिके नुनको प्रयोग गर्न नछाडेका सिस्ने गाउँपालिका–५ का प्रकाश मगरले बताए । सरकारले ‘दुई बालबालिकाको चिह्न अङ्कित आयोडिनयुक्त नुनको प्रयोग गरौँ’ भने पनि यहाँका जनतामा अझै चेतनाको कमी रहेको पाइएको छ । 
———


कस्तो लाग्यो ?

यो पनि