जेठ ०७, २०८१, सोमबार
               

पर्यटकले  रुचाएनन् कंक्रिट पदमार्ग

नेपाल फ्ल्यास
माघ २७, २०७६

ADVERTISEMENT

विश्व भेगन अर्गनाइजेसनमा आबद्ध २१ विदेशी पर्यटक घुम्नलाई दुई महिना अगाडि बागलुङ आएका थिए  ।  एक रात बागलुङ बजार घुमेर जिल्लाको पहिलो घरवास अतिथि सत्कार घरवासमा पैदल यात्रा (पदमार्ग) मार्फत भकुण्डे पुगे  । जिल्लालाई भ्रमणको पहिलो रोजाइ बनाएका भेगनका पर्यटक त्यहाँ पुग्दा केही कमी भएको प्रतिक्रिया दिए ।
पहिलेको ढुङ्गे (परम्परागत) पदमार्ग सडक विस्तारका क्रममा भत्काइएपछि अहिले पक्की (कङ्क्रिट) पदमार्ग निर्माण थालिएको छ ।  

पर्यटन व्यवसायी महादेव शर्माले  पर्यटकले पक्की पदमार्ग नरुचाउने बताए । उनले भने “विश्व भेगन समूहलाई बागलुङमा टे«किङ गराई पर्यटनको विकास गर्न एक वर्षपहिला सम्भाव्यता अध्ययन गरेका थियौँ । अध्ययनका क्रममा पहिलेका ढुंगे पदमार्ग मासेर ढलान गरेर पदमार्ग बनाएको पाइयो, पक्की पदमार्ग खर्चिलो मात्र होइन पर्यटकले समेत रुचाउँदैनन् ।” अन्नपूर्ण बेस क्याम्प पुग्ने पदमार्ग नयाँ मोटरबाटो निर्माणका कारण छोटो भएपछि त्यहाँ आउने पर्यटकलाई यहाँ ल्याउन थालिएको उनले जानकारी दिए । 

यहाँ पदयात्रा व्यवसायको सम्भावना भए पनि पुरानाको संरक्षण र नयाँ पदमार्गको पहिचान र निर्माण गर्नुपर्न व्यवसायी शर्माको जोड रहेको छ । बिना योजना खनिने ग्रामीण सडकका कारण  पुराना पदमार्ग हराउने अवस्थामा पुगेको भन्दै पर्यटन व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।   

परम्परागतभन्दा पक्की पदमार्ग खर्चिलो हुने, कम आकर्षण हुने र पदयात्रा गर्दा छिटो थाक्ने ट्रेकिङ व्यवसायी बताउँछन् । 
जिल्लामा सञ्चालित २८ वटा घरवासले समेत पूर्वाधार निर्माणअन्तर्गत धमाधम पदमार्ग निर्माण थालेका छन् । यसमा पनि पक्की ढलान सहितका बढी छन् । 

चर्चित पदमार्गका रुपमा रहेको अन्नपूर्ण आधार शिविर पुग्ने मार्ग सडकका कारण छोटिँदै गएपछि ट्रेकिङ व्यवसायी बिस्तारै बागलुङ, म्याग्दी तथा मुस्ताङतर्फ आकर्षित हुन थालेका छन् । जिल्लामा सबैभन्दा लामो पञ्चकोट हुँदै ढोरपाटन पुग्ने धौलागिरि चक्रीय पदमार्गको समेत पहिचान गरिएको छ । उक्त मार्गलाई अग्र्यानिक पदमार्गका रूपमा विकास गर्न सकिएमा यहाँ टे«किङ व्यवसायको राम्रो सम्भावना देखिन्छ । 

अहिले  घुम्टे पुग्ने परम्परागत पदमार्ग मासेर ढलानको पदमार्ग बनाउन लागिएको छ । हाल चार किलोमिटरभन्दा बढी ढुङ्गे पदमार्ग रहेको घुम्टेमा धमाधम डेढ किलोमिटर सिमेन्टेड पदमार्ग निर्माण थालिएको हो । 


कस्तो लाग्यो ?

यो पनि