जेठ ०७, २०८१, सोमबार
               

बुहारीको सारीमा पेट्रोल छर्किएपछि...

नेपाल फ्ल्यास
माघ २७, २०७६

ADVERTISEMENT

काठमाडौं । प्रदेश नम्बर २ सरकारद्वारा छोरी सुरक्षालाई लिएर विभिन्न अभियान चलिरहेकै बेला तराई मधेसका जिल्लामा छोरीहरू असुरक्षित भइरहेको र ज्युँदै जलाइएका घटना एकपछि अर्को गरी बाहिरिएका छन् ।

धनुषा, सिरहापछि हालै सप्तरीमा ज्युँदै जलाएर हत्या प्रयासको घटना बाहिरिएको छ ।

यसले सरकारको योजनामाथि प्रश्न चिन्हका साथै चुनौती समेत थपेको छ ।

घरायसी विवादमा सप्तरीको राजविराज नगरपालिका–१५ की २० वर्षीया रेखादेवी शर्मालाई आगो लगाएर ज्यान मार्ने प्रयास गरेको आरोपमा उनका ससुरा ५५ वर्षीय परशुराम शर्मा पक्राउ परेका छन् ।

परशुरामलाई पक्राउ गरी आगो लगाइ ज्यान मार्ने उद्योगमा कारवाही भइरहेको डीएसपी तिलक भारतीले जानकारी दिए ।

पीडितका अनुसार ससुरासहित सासु ५० वर्षीया द्रौपती शर्मा, जेठाजु ३५ वर्षीय खेमचन शर्मा र जेठानी ३२ वर्षीया रम्भादेवी शर्मासमेत योजनामा संलग्न छन् ।

रेखा आगोमा जलिरहँदा श्रीमान् रवीन्द्रबाहेक आरोपित सबै घरमै थिए । आरोपितले आगो सल्काएर हत्या गर्ने योजनाअनुरूप आफूले लगाउने सारीमा पेट्रोल छर्केर राखिदिएको उनको आरोप छ ।

पीडितले भनिन्, ‘आँगनमा हिँडिरहेका बेला टाढा रहेको चुलोको आगो एक्कासि सारीमा सल्कियो, गुहार माग्दा घरमै रहेका आरोपित जोगाउनसमेत आएनन् ।’ -अन्नपूर्ण पोष्टबाट


कस्तो लाग्यो ?

यो पनि