जेठ ०७, २०८१, सोमबार
               

सर्वेन्द्र खनालपछि को बन्ला आइजिपी ?

नेपाल फ्ल्यास
माघ २७, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरीको भावी नेतृत्व चयनका विषयमा उच्च तहमा छलफल सुरु भएको छ । 

यही २८ गते मङ्गलबार ३० वर्षे सेवा अवधिका कारण प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाल बिदाइ हुनुहुने छ ।

गृह मन्त्रालय स्रोतका अनुसार प्रहरी महानिरीक्षक नियुक्तिका लागि छलफल सुरु भएको छ । 

सम्भवतः २७ गते साँझसम्ममा सरकारले नेतृत्व चयनका विषयमा नयाँ निर्णय गरिसक्ने अपेक्षा गरिएको छ । 

प्रहरी महानिरीक्षकको सम्भावित उम्मेदवारका रूपमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) द्वय ठाकुरीप्रसाद ज्ञवाली र तारिणी लम्सालको नाम चर्चामा छ । 

ज्ञवाली प्रदेश–१ को प्रहरी मुख्यालय विराटनगर र लम्साल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुखका रूपमा कार्यरत छन् । 

डीआईजी ज्ञवाली र लम्साल २०४७ साल असार २५ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका हुन् ।

वर्तमान महानिरीक्षक खनालका एकै विज्ञापनमा ज्ञवाली र लम्साल सेवा प्रवेशमा वैकल्पिक उम्मेदवार भएका कारण पाँच महिना ढिलो नियुक्ति पाएका थिए । 

सोही समूहका सूर्यप्रसाद उपाध्याय भने डीआईजी बढुवा हुँदा पछाडि परेका थिए । 

अब नियुक्त हुने प्रहरी प्रमुख नेपाल प्रहरी सङ्गठनको २७औंँ प्रहरी महानिरीक्षक बन्ने छन् । 

त्यो पनि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नै नभई सीधै डीआईजीबाट आईजीपी हुनेछन् ।


कस्तो लाग्यो ?

यो पनि