जेठ ०७, २०८१, सोमबार
               

चितवनको होटलमा भेटिइन् काठेखोलाकी सन्ध्या

नेपाल फ्ल्यास
माघ २६, २०७६

ADVERTISEMENT

बागलुङ । एक सातादेखि बेपत्ता काठेखोला गाउँपालिका–७ की १२ वर्षीया सन्ध्या बस्याल सकुशल भेटिएकी छिन् । 

उनलाई चितवनको एक होटलमा काम गर्न बसेको अवस्थामा नेपाल प्रहरीले फेला पारेको हो । 

“चितवन प्रहरीको सहयोगमा बालिकालाई उद्धार गरी शुक्रबार साँझ अभिभावकको जिम्मा लगाइसक्यौँ”, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी सहायक निरीक्षक अनु राईले भनिन् । 

होटलमा रहेको सूचनाका आधारमा प्रहरीले बालिकालाई भेट्टाएको हो ।

यही माघ १७ गते बिहान ८ः३० बजे घरबाट हिँडेकी बस्याल नफर्केपछि परिवारजन पीडामा थिए । 

साता दिन बित्दासमेत बालिका सम्पर्कमा नआएपछि प्रहरी, अभिभावक र स्थानीयवासीले खोजीकार्य तीव्र पारेका थिए । 

उनी गाउँकै रेश नुन्थला माध्यमिक विद्यालय कक्षा ५ मा पढ्छिन् ।


कस्तो लाग्यो ?

यो पनि