जेठ ०७, २०८१, सोमबार
               

धुर्मुस–सुन्तली फाउण्डेशनलाई गाउँपालिकाको ११ लाख

नेपाल फ्ल्यास
माघ २६, २०७६

ADVERTISEMENT

चितवन । गौतमबुद्ध अन्तरराट्रिय क्रिकेट रङ्गशाला निर्माण गर्न इच्छाकामना गाउँपालिकाले रु ११ लाख ११ हजार १११  सहयोग गरेको छ । 

धुर्मुस–सुन्तली फाउण्डेशनद्वारा चितवनको रामपुरमा सो रङ्गशाला निर्माण भइरहेको छ ।

रङ्गशाला निर्माणमा सहयोग सङ्कलन गर्न आयोजना भइरहेको महायज्ञमा सो गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङ, उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र प्रमुख प्रशसकीय अधिकृत सुकदेव लम्सालले शनिबार सो रकम हस्तान्तरण गरे ।

रङ्गशाला निर्माणमा सहयोग गर्नु सबैको सामूहिक जिम्मेवारी भएकाले आर्थिक सहयोग गरिएको गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिइन् । 

गाउँपालिकाले रङ्गशाला निर्माणमा सहयोग जुटाउन ५१ सदस्यीय समिति गठन गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि