जेठ ०६, २०८१, आइतबार
               

गणित शिक्षा परिषद् बागमती प्रदेशको अध्यक्षमा सुवेदी

नेपाल फ्ल्यास
माघ २६, २०७६

ADVERTISEMENT

काठमाडौँ । देशको शासन प्रणाली सङ्घीयतामा गएसँगै गणित शिक्षा परिषद्ले पनि आफ्नो संरचनालाई रुपान्तरण गर्न थालेको छ । त्यसक्रममा बागमती प्रदेशको प्रथम अधिवेशन भएको छ ।

प्रथम अधिवेशनले अवतार सुवेदीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा माधवप्रसाद पौडेल, सचिवमा रामहरि श्रेष्ठ सचिव र कोषाध्यक्षमा नरहरि आचार्य निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरूमा न्हुच्छेबहादुर खाताखो, प्रकाश हुमागाईँ, सिद्धिराज खनाल, हरिबहादुर सिलवाल, सङ्गीताकुमारी पौड्याल, सञ्जय तिवारी र प्रकाश दाहाल निर्वाचित भएका छन् ।

त्रिविवि केन्द्रीय क्याम्पसमा भएको उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तथा गणित विज्ञान ट्रस्टका उपाध्यक्ष प्रा. डा. हिराबहादुर महर्जन, गणित शिक्षा परिषद् केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष प्राध्यापक उमानाथ पाण्डे, नेपाल गणित समाजका अध्यक्ष प्रा. डा. चेतराज भट्ट, नेपाल महिला गणित समाजकी उपाध्यक्ष डा. निलम सुवेदी, नेपाल गणित केन्द्रकी कोषाध्यक्ष वृन्दा शाक्य र तदर्थ समितिको संयोजक प्रा. डा. नारायणप्रसाद पहरीले प्रथम अधिवेशनको सफलताको कामना गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि