जेठ ०७, २०८१, सोमबार
               

पिकनिक गएका शिव राप्तीमा बेपत्ता भएपछि...

नेपाल फ्ल्यास
माघ २६, २०७६

ADVERTISEMENT

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित अगैयामा वनभोज गएका एकजना राप्ती नदीमा डुबेर बेपत्ता भएका छन् ।

कोहलपुर नगरपालिका–१२ चप्परगौडी घर भई अगैयामा पसल सञ्चालन गर्दै आएका शिव शर्मा वनभोज (पिकनिक)पछि सो नदीमा नुहाउने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

शनिबार अपराह्न बेपत्ता भएका उनलाई हालसम्म  फेला पार्न नसकिएको प्रनाउ चन्दले बताए । 

शर्माको खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी शनिबार अबेरसम्म खटिएका थिए  । 


कस्तो लाग्यो ?

यो पनि