जेठ ०६, २०८१, आइतबार
               

सासु–बुहारी सम्मानित

नेपाल फ्ल्यास
माघ २६, २०७६

ADVERTISEMENT

बाँके । सम्मान गर्ने  र लिने आ आफै तरिका हुन्छन् । 

कोहलपुर–११ बसपार्क रोडमा अवस्थित वनवाटिका टोल सुधार समितिले कोहलपुर नगर क्षेत्रभित्र रहेका आदर्श सासु तथा बुहारीलाई सम्मान गरी नयाँ कार्यको शुरुआत गरेको छ ।

समितिद्वारा शनिबार यहाँ आयोजित कार्यक्रममा आदर्श सासुमा कोहलपुर नगरपालिका–२ निवासी लक्ष्मी भुसाल र बुहारीमा वडा नं ११ की शीखा गौतम श्रेष्ठ सम्मानित हुनुभयो  । 

कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले उहाँहरुलाई सम्मान गर्दै  नगरभित्रका सबै सासु–बुहारी आदर्श बन्न सक्नुपर्ने बताउनुभयो  । 

सासुले बुहारीलाई छोरीकै रूपमा हेर्नुपर्ने र बुहारीले  सासुलाई आमाको रूपमा स्वीकार्न गरेमा आदर्श परिवार निर्माण समस्या नहुने उहाँले चर्चा गर्नुभयो  

नगरपालिकाले हरेक वर्ष नगरपिता र नगरमाताका रूपमा दुई वृद्धवृद्धालाई सम्मान गर्दै आएको छ । 

जिल्लामै पहिलोपटक आदर्श सासु–बुहारी सम्मान गर्ने योजना अघि सारिएको टोल सुधार समितिका अध्यक्ष हरिप्रसाद पौडेलले जानकरी दिनुभयो । 


कस्तो लाग्यो ?

यो पनि