जेठ ०६, २०८१, आइतबार
               

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, १३ घाइते

नेपाल फ्ल्यास
माघ २६, २०७६

ADVERTISEMENT

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकास्थित डकाहा–चकमके सडकखण्डको टोड्केमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । 

दुर्घटनामा दुधौली नगरपालिका–१ गिचिहानीका ७० वर्षीय ब्रह्मलाल धामीको मृत्यु भएको सिन्धुली प्रहरीले जानकारी दिएको छ ।

टोड्केपानीबाट दाउरा लिएर डकाहातर्फ आउँदै गरेको लु ३ त ७८९० नम्बरको ट्याक्टर शनिबार बिहान दुर्घटना भएको हो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

दुधौली नगरपालिका–१ गिचियानीका ५२ वर्षीय राम भरोसा, ४८ वर्षीय राम कुमर र २२ वर्षीय शुक्ला धामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको सिन्धुली अस्पतालमा उपचार भइरहेको जनाइएको छ । केही घाइतेलाई काठमाडौं रिफर गरिने अस्पतालले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि