जेठ ०७, २०८१, सोमबार
               

आज पहाडी भूभागमा वर्षा : यस्तो छ तीन दिनको मौसम

नेपाल फ्ल्यास
माघ २६, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन  ।

हाल (आइतबार बिहान) देशका पहाडी भूभागमा आंशिक बदली बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहने छ। 

देशको पूर्वी पहाडी भूभागका १–२ स्थानमा हल्का वर्षा हुने सम्भावना छ। 

त्यस्तै आज राति देशका पूर्व र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। 

सोमबार देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहने छ।
सोमबार राति भने देशका पश्चिमी भूभागमा आंशिक देखि सामान्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

मंगलबार देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।


कस्तो लाग्यो ?

यो पनि