जेठ ०७, २०८१, सोमबार
               

प्रहरी चौकीमा आक्रमण, दुई घाइते

नेपाल फ्ल्यास
माघ २५, २०७६

ADVERTISEMENT

सिन्धुपाल्चोक । प्रहरी चौकी तिपेनीमा गए राति अज्ञात समूहले अन्धाधुन्ध आक्रमण गर्दा चौकीका इन्चार्ज सहित दुई प्रहरी घाइते भएका छन् ।

गएराति १ बजेको समयमा १०/१२ वटा मोटरसाइकलमा आएका समूहले एक्कासी प्रहरी चौकीमा ढुङगामुडा गरेका थिए । 

अज्ञात समूहको आक्रमणबाट चौकीका इन्चार्ज असई सन्तोष कुमार झा र प्रहरी हवल्दार हरिबहादुर मगर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए । प्रहरीले आत्मरक्षाको लागि चार राउन्ड हवाई फायर गरेको थियो । 

आक्रमणमा संलग्नमध्ये एक जना र दुई मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए । घटना लगतै इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा थप मदत तिपेनीमा गएको छ भने जिल्ला प्रहरी प्रमुख एसपी प्रज्वल महर्जन पनि राती नै घटनास्थलमा पुगेका छन् । प्रहरी चौकीमा किन आक्रमण गरियो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । 


कस्तो लाग्यो ?

यो पनि