जेठ ०७, २०८१, सोमबार
               

मध्यराति प्रहरी चौकीमा कसले गर्यो आक्रमण ?

नेपाल फ्ल्यास
माघ २५, २०७६

ADVERTISEMENT

सिन्धुपाल्चोक । गएराति सिन्धुपाल्चोकको तिपेनीस्थित प्रहरी चौकीमा आक्रमण भएको छ । अज्ञात समूहले प्रहरी चौकीमा अन्धाधुन्द आक्रमण गरेको बताइएको छ । 

आक्रमणबाट प्रहरी चौकीका इञ्चार्ज असई तथा उक्त प्रहरी चौकीका प्रमुख सन्तोषकुमार झा र प्रहरी हवल्दार हरिबहादुर मगर घाइते भएका छन् । 

१०-१२ वटा मोटरसाइकलमा आएको समूहले राति करित साढे एक बजेतिर प्रहरी चौकीमा ढुंगामुढा गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले बताए । 

चौकीमा आक्रमण भएपछि प्रहरीले आत्मरक्षाका लागि ४ राउण्ड हवाइ फायर गरेको जनाएको छ । 

आक्रमणमा संलग्गन रहेको आशंकामा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार, दुई मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ ।

घटनामा थप अनुसन्धान भइरहेको एसपी महर्जनले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि