जेठ ०७, २०८१, सोमबार
               

आजको मौसमः पहाडी भूभागमा सामान्य बदली

नेपाल फ्ल्यास
माघ २५, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालको पश्चिमी भूभागमा कमजोर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

हाल देशको पश्चिमी पहाडी भूभागमा सामान्य बदली र अन्य पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहेको छ। तराईका भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। देशको पश्चिमी पहाडी भूभागका केही स्थानमा र पूर्वी तथा मध्य पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

त्यस्तै आज राति देशको पूर्व र मध्य पहाडी भूभागमा आंशिक बदली देखि सामान्य बदली सहित एक–दुई स्थानमा हल्का वर्षा हुनुका साथै बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि