जेठ ०७, २०८१, सोमबार
               

शनिबार बिहानै सुदूरपश्चिममा दुई पटक भूकम्पको धक्का

नेपाल फ्ल्यास
माघ २५, २०७६

ADVERTISEMENT

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ ।

आज बिहान (शनिबार) ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर ३.७ र ६ बजेर ४६ मिनेटमा भारतको उत्तराखण्ड प्रदेशको चमौली आसपासमा ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

बैतडी, बझाङ, अछामलगायतका जिल्लामा भूकम्पको धक्काको महसुस गरिएको त्यहाका स्थानीयले जनाएका छन् ।

केन्द्रका प्राविधिक सहायक (टेक्निकल असिष्टेन्ट) चन्दा शाहका अनुसार भूकम्पबाट कुनै पनि क्षति भएको जानकारी प्राप्त भएको छैन ।


कस्तो लाग्यो ?

यो पनि