जेठ ०७, २०८१, सोमबार
               

आश्रममा रामबहादुर बमजन नभेटिएपछि...

नेपाल फ्ल्यास
माघ २४, २०७६

ADVERTISEMENT

काठमाडौं । बलात्कार, हत्या र मानिस वेपत्ता पारेको लगायत आरोप लागेका रामबहादुर बमजनलाई प्रहरीले फेला पार्न सकेन ।

तपस्वी रामबहादुर बम्जनलाई पक्राउ गर्न प्रहरी टोली सिन्धुलीस्थित उनको आश्रममा पुगेको थियो ।

बमजन खोज्न गएको प्रहरीले सिन्धुलीस्थित आश्रमबाट उनीनिकटस्थ एक शिष्यलाई नियन्त्रणमा लिएको एक अनुयायीले जानकारी दिएका छन् ।

बमजनका शिष्यहरूले महामार्ग गुरु भन्ने गरेका ज्ञानबहादुर बमजन (झ्याम्पा तोप्चेन) लाई प्रहरीले सोधपुछको लागि नियन्त्रणमा लिइएको बताइएको छ ।

आश्रममा छैनन् बमजन

बमजनमाथि हत्या, यौन हिंसा र मानिसहरू बेपत्ता पारेको आरोप लाग्दै आएका छन्।

तर बमजनका अनुयायीहरूले त्यो आरोप अस्वीकार गर्दै आएका छन्।

स्रोतका अनुसार बमजन भने आश्रममा छैनन् । उनी 'महाध्यान'मा रहेको उनका अनुयायीले बताएका छन् । 

एक अनुयायीले भने, 'भौतिक, सांसारिक रूपमा देखिने आवासमा उहाँ हुनुहुन्न, जङ्गलतिर कता हुनुहुन्छ।'


कस्तो लाग्यो ?

यो पनि