जेठ ०७, २०८१, सोमबार
               

जन्ती चढेको ट्याक्टर दुर्घटना, तीनको मृत्यु

नेपाल फ्ल्यास
माघ २४, २०७६

फाइल तस्विर
ADVERTISEMENT

बाग्लुङ । बाग्लुङको तमानखोला गाउँपालिका ३ बुलबुलेमा जन्ती सवार ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा म्याग्दीको मालिका गाउँपालिका २ का २१ वर्षीया रीता पुन, सोही ठाउँकी ५२ वर्षीया मन कुमारी पुन र ५७ वर्षीय ओम प्रकाश पुन रेका छन् ।

म्याग्दीको मालिकाबाट ३५ जना जन्ती लिएर बाग्लुङ्गको बुङ्गा जाँदै गरेको ग १ त ५७६२ नम्बरको ट्याक्टर बिहीबार साँझ दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते एका तीन जनाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।

घुम्तीमा मोड नपुगेर ट्याक्टर अनियन्त्रित भइ सडकबाट अन्दाजी ५० मिटर तल खसेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि