जेठ ०७, २०८१, सोमबार
               

आजको मौसम : कतै वर्षा कतै हिमपात

नेपाल फ्ल्यास
माघ २४, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । 

तर, दिउँसोदेखि नेपालमा पश्चिमी न्यून चापिय प्रणालिको प्रभाव रहने छ।

हाल (शुक्रबार बिहान) देशको पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभाग सामान्यतया सफा रहने छ। 

देशको पश्चिमी पहाडी भूभागका केही स्थान र मध्य तथा पूर्वी पहाडी भूभागका १–२ स्थानमा हल्का वर्षा हुनेछ। 

पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनेछ ।

त्यस्तै आज राति देशको पूर्वी भूभाग लगायत अन्य पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभाग सामान्यतया सफा रहने छ। 

देशको पूर्वी तथा पश्चिमी पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुनेछ।  

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।


कस्तो लाग्यो ?

यो पनि