जेठ ०७, २०८१, सोमबार
               

अस्पतालको सटरमा बिहानै डोजर चलेपछि...
सर्वोच्चको यस्तो अन्तरिम आदेश

नेपाल फ्ल्यास
माघ २३, २०७६

ADVERTISEMENT

काठमाडौं । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका व्यवसायिक सटर नभत्काउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

तर अस्पताल प्रशासनले उक्त आदेश बेवास्ता गर्दै बिहीबार बिहानै सटरमा डोजर चलाएपछि सर्वोच्चले बिहीबार फेरि अर्को अन्तरिम आदेश जारी गरेको हो ।

गत कार्तिक १८ गते प्रदेश ५ सरकारको मन्त्रिपरिषद बैठकले मंसिर मसान्तसम्म सटर खाली नगरे डोजर लगाएर खाली गर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध व्यवसायीहरु अदालत पुगेका थिए । जिल्ला अदालत रुपन्देहीले व्यवसायीको मागको विपक्षमा अन्तरकालीन आदेश खारेज गरिदिएको थियो ।

यसअघि बिहीबार बिहान लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सटर डोजर प्रयोग गरी भत्काइएको थियो ।

पटक–पटक सूचना प्रकाशित गरेर सटर खाली गर्न व्यवसायीलाई आग्रह गर्दा पनि अटेर गरेपछि अस्पतालका सटरमा बिहिवार बिहान डोजर चलेको हो ।

अस्पतालमा ७३ वटा व्यवसायिक सटर छन् । 


कस्तो लाग्यो ?

यो पनि