जेठ ०७, २०८१, सोमबार
               

कंलकीको अन्डरपासमा दुर्घटना, दुई जनाको मृत्यु

नेपाल फ्ल्यास
माघ २३, २०७६

ADVERTISEMENT

काठमाडौं । कलंकीको अण्डरपासमा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

गएराति एकै दिशातर्फ जाँदै गरेका मोटरसाइकललाइ टिपरले ठक्कर दिएको थियो ।

ठक्करपछि गम्भीर घाइते भएका मोटरसाइकलमा सवार रौतहट कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राकेशकुमार चौधरी र कटहरिया ७ का २४ वर्षीय मुन्ना चौधरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिएको हो । ठक्कर दिने टिपरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि