जेठ ०७, २०८१, सोमबार
               

बानेश्वरको रेष्टुरेन्टमा नेकपा नेताको हत्याको आशंका

नेपाल फ्ल्यास
माघ २३, २०७६

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रे जिल्लाका नेता हरिदेव गिरीको मृत्यु भएको छ ।

नयाँबानेश्वरको आलोकनगरमा उनको शंकास्पद मृत्यु भएको हो । उनलाई कसैले कुटपिट गरी हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । खबरअनुसार, उनले मंगलबार बिहानैदेखि रक्सी पिएका थिए ।

महानगरीय प्रहरी वृत्त बानेश्वरका अनुसारः

- मंगलबार राति एक रेष्टुरेन्टमा गिरी गम्भीर अवस्थामा भेटिए । (उनको शरीरमा चोटपटक थियो)

- उनलाई उपचारको लागि सिभिल अस्पताल लगियो । (लगभग १० बजे उनलाई अस्पताल पुर्याइएको थियो) 

- अस्पतालमा चिकित्सकले उनलाई मृत घोषित गरे ।

- उनको टाउको, घाँटी र तीघ्रामा चोट छ, खुट्टाको हड्डी पनि भाँच्चिएको अवस्थामा छ ।

- अनुसन्धानका क्रममा रेष्टुरेन्टका केही व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।

- शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल, महाराजगञ्ज लगिएको छ । 

- घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि