जेठ ०७, २०८१, सोमबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
माघ २३, २०७६

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।

हाल (बिहीबार बिहान) देशको पहाडी भूभागका केही स्थानमा आंशिक बदली रहेको छ।

आज दिउँसो देशका पूर्वी र मध्य पहाडी भूभागमा अपरान्हपछि आंशिक देखि सामान्य बदली रही पश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ। 

बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। देशको पूर्वी र पश्चिमी पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

त्यस्तै आज राति देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभाग सामान्यतया सफा रहने छ।


कस्तो लाग्यो ?

यो पनि