जेठ ०७, २०८१, सोमबार
               

४ किलो ६ सय ग्राम चरेससहित एक प्रक्राउ

नेपाल फ्ल्यास
माघ २२, २०७६

ADVERTISEMENT

बझाङ । बझाङमा अवैध लागुऔषध चरेससहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुंगल नगरपालिका–२ का ६० वर्षीय गगनबहादुर धामी छन् ।
उनलाई चार किलो ६ सय ग्राम चरेससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मंगलबार बझाङबाट महेन्द्रनगरका लागि छुटेको ना.७ख ६५२२ नम्बरको बसमा उनी यात्रारत थिए ।

सोही चेकजाँचका क्रममा धामीको साथबाट उक्त चरेस फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले जानकारी दिए । प्रहरीचौकी वित्थडचिरले उनको साथबाट चरेस बरामद गरेको हो ।

धामीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको जनाइएको छ ।
पछिल्लो समय प्रहरीले यातायातका साधनहरू चेकजाँचमा कडाइ गर्नुका साथै जिल्लाको शान्ति–सुरक्षामा जोड दिएको ‘डिएसपी’ गणेश बमले बताए ।


कस्तो लाग्यो ?

यो पनि