जेठ ०७, २०८१, सोमबार
               

वरिष्ठ सञ्चारकर्मी दुर्गानाथ शर्माको ७२ वर्षको उमेरमा निधन

नेपाल फ्ल्यास
माघ २२, २०७६

ADVERTISEMENT

काठमाडौँ । वरिष्ठ सञ्चारकमी दुर्गानाध शर्माको ७२ वर्षको उमेरमा बुधबार निधन भएको छ । मधुमेह र ब्लड प्रेसरका बिरामी शर्माको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा निधन भएको हो ।

पछिल्लोपटक उनलाई सुगर इन्फेक्सन भएको थियो । ६ दिन शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा उपचार गरी मंगलबारमात्र उनलाई शिक्षण अस्पताल भर्ना गरिएको थियो । गोरखापत्रबाट करियर सुरु गरेका शर्मा रेडियो नेपालको समाचारवाचक हुँदै नेपाल टेलिभिजनको स्थापनाकालदेखि समाचारवाचन तथा कार्यक्रम सञ्चालनमा सक्रिय थिए । उनी कुनै समयको चर्चित कार्यक्रम ‘विश्व घटना’ का प्रस्तोता हुन् । उनी नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक समेत हुन् । 


कस्तो लाग्यो ?

यो पनि