जेठ ०५, २०८१, शनिबार
               

नक्कली कागजातसहित दुई नेपाली महिला पक्राउ

एजेन्सी
माघ २१, २०७६

प्रतिकात्मक तस्विर
ADVERTISEMENT

काठमाडौं । नक्कली कागजात बनाएर म्यानमार जान लागेका दुई जना नेपाली महिला पक्राउ परेका छन् ।

३६ वर्षीया कविता घिसिङ र ३१ वर्षीया एस सरस्वती भारत हुँदै म्यानमार जान लागेका थिए । उनीहरुको ठेगाना खुलाइएको छैन ।

आइतबार साँझ म्यानमारको अध्यागमनले दुई नेपाली महिलालाई अन्तर्राष्ट्रिय गेटमा खटिएका भारतीय अधिकारीको जिम्मा लगाइदिएका थिए ।

मणिपुरको सीमावर्ती शहर मोरेह प्रहरी चौकीमा घटनाबारे उजुरी दर्ता भएको र थप अनुसन्धान भइरहेको बताइएको छ ।

भारतीय मिडिया द हिन्दूको अनलाइन संस्करणमा यो समाचार प्रकाशन भएको छ ।


कस्तो लाग्यो ?

यो पनि