काठमाडौं । नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक ‘एसएसपी’ शौरभ राणा निलम्बित भएका छन् । महिलामाथि यौन दुव्यवहार गरेको आरोप लागेका राणालाई गृह मन्त्रालयले निलम्बन गरेको हो ।
धरानमा कार्यरत एसएसपी राणालाई बहालमै राखेर अनुसन्धान गर्दा प्रमाण नष्ट हुनसक्ने भन्दै अनुसन्धानका लागि निलम्बन गरिएको प्रहरीले जनाएको छ ।
एसएसपी राणाविरुद्ध झापाकी एकजना विवाहित महिलाले यौन दुव्यवहार भएको भन्दै उजुरी दिएकी थिइन् ।