ललितपुर । ललितपुरको फिट एण्ड फाइन जिममा रहेको साउनामा दुई जनाको मृत्यु भएको छ ।
ललितपुर महानगरपालिका–१५ तिखेदेबलमा बस्दै आएका हस्त गर्बुजा मगर र नेत्रकुमारीको मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएको छ । उनीहरु श्रीमान श्रीमती हुन् ।
हस्त गर्बुजा मगर पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिव समेत हुन् ।
बुधबार साँझ जिम गरेर उनीहरु साउना गएका थिए । साउना बसेको लामो समयसम्म उनीहरु बाहिर ननिस्किएपछि ढोका खालेर हेर्दा उनीहरु बेहोस अवस्थामा भेटिएका थिए ।
अक्सिजनको कमीका कारण निस्सासिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
त्यसपछि उनीहरूलाई पाटन अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषित गरेको हो ।